नेकपा एमालेले टुङ्ग्यायो महानगर र उपमहानगरको उम्मेदवारी (नामावली सहित)

काठमाडाैं | बैशाख ११, २०७९

नेकपा एमालेले टुङ्ग्यायो महानगर र उपमहानगरको उम्मेदवारी (नामावली सहित)

काठमाडौं- नेकपा एमालेको शनिबार साँझसम्म बसेको सचिवालयको बैठकले पाँच महानगरपालिका र नौ वटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारीको नाम टुंगो लगाएको छ । बैठकको निर्णय बारे जानकारी गराउनु हुँदै एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले सिफारिस भएका नामवली सार्वजनिक गर्नु भएको हो ।

 

उहाँका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको छ । ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य, पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ ।

 

भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सरावगीलाई उम्मेदवार बनाइएको छ । दुबै महानगरको उमपेयरको उम्मेदवार तोक्न बाँकी रहेको जनाएको छ । आज बसेको दोस्रो सचिवालय बैठकले छ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका मध्ये एउटा महानगरपालिका र दुई वटा उपमहानगरपालिकाको उम्मेदवारीको नाम टुंगो लगाउन बाँकी रहेको प्रमुख गुरुङले जानकारी दिनुभयो ।

 

विराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ । जनकपुर र जितपुर सिमराको प्रमुख र उपप्रमुखकै उम्मेदवार तोकिएको छैन भने कलैयाको उपप्रमुखको उम्मेदवार तोक्न बाँकी रहेको छ ।

 

उपमहानगरपालिकाको उम्मेदवारमा सिफारिस हुनेहरुमा धनगढी प्रमुख रणबहादुर चन्द, उपप्रमुख कन्दकला राना थारु, नेपालगञ्ज प्रमुख पशुपतिदयाल मिश्र, उपप्रमुख शान्तिदेवी ढकाल, तुलसीपुर प्रमुख टिकाराम खड्का, उपप्रमुख स्यानी चौधरी, घोराही प्रमुख नरुलाल चौधरी, उपप्रमुख हुमा कुमारी डिसी, बुटवल प्रमुख बाबुराम खड्का, उपप्रमुख साबित्रादेवी अर्याल, हेटौंडा अनन्त पौडेल, उपप्रमुख सुमित्रा काफ्ले, धरान प्रमुख मञ्जु भण्डारी, उपमेयर पदम लिम्बु, इटहरी प्रमुख यमकुमार सुब्बा, उपमेयर संगीता चौधरी, कलैया प्रमुखमा विनोद साह रहनु भएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्